दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ भव्य रूपमा सुरु, १५० भन्दा बढी पौडी खेलाडीको सहभागिता
नेपालगञ्ज, कात्तिक १४ – दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको छ। नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरे।
उद्घाटन समारोहमा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेलकुदको अपार सम्भावना रहेको भन्दै प्रदेश सरकारले खेल क्षेत्रको सशक्त विकासका लागि प्रतिबद्धता जनाए। उनले भने, “पौडी खेलमा खर्च हुने रकमको २५ प्रतिशत हिस्सा प्रदेश सरकारले व्यहोर्ने निर्णय गरिएको छ।”
सो अवसरमा पूर्वमन्त्री रत्न खत्री र प्रदेशसभा सदस्य अम्बिका काफ्लेले खेलकुदमा लगानी बढाउन सुझाव दिँदै नेपालगञ्ज रंगशालामा रहेको पौडी पोखरीलाई पूर्ण उपयोगमा ल्याउन आग्रह गरे।
प्रतियोगिताको पहिलो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथा स्वीमिङ क्लब, आदर्श मावि नेपालगञ्ज र शिखा एकेडेमी कोहलपुरका खेलाडीहरूले पदक हात पारे।
५० मिटर ब्याकस्ट्रोक अण्डर–८ ब्वाइज इभेन्टमा
-
प्रथम: राजविन जिरेल (सगरमाथा स्वीमिङ क्लब, ललितपुर)
-
द्वितीय: युभान श्रेष्ठ (आदर्श मावि, नेपालगञ्ज)
-
तृतीय: विष्णु पराजुली (कोशी प्रदेश)
२५ मिटर फ्रिस्टाइल अण्डर–८ ब्वाइजमा
-
प्रथम: राजविन जिरेल (सगरमाथा क्लब)
-
द्वितीय: दिप्सन पुन मगर (शिखा एकेडेमी, कोहलपुर)
-
तृतीय: युभान श्रेष्ठ (आदर्श मावि, नेपालगञ्ज)
२५ मिटर फ्रिस्टाइल अण्डर–८ गल्र्समा
-
प्रथम: छियाना महर्जन (सगरमाथा क्लब)
-
द्वितीय: समृद्धि न्यौपाने (आदर्श मावि)
-
तृतीय: श्रीजा रेग्मी (शिखा एकेडेमी, कोहलपुर)
२५ मिटर ब्याकस्ट्रोक अण्डर–८ गल्र्समा
-
प्रथम: छियाना महर्जन (सगरमाथा क्लब)
-
द्वितीय: समृद्धि न्यौपाने (आदर्श मावि)
-
तृतीय: काफिया चलाउने (शिखा एकेडेमी)
विजेता खेलाडीहरूलाई मन्त्री पाण्डेले मेडल र प्रमाणपत्र वितरण गरे।
प्रतियोगितामा देशभरका अन्डर–८, १०, १२, १४, १७ र खुला उमेर समूहका गरी १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।
अन्डर–८ खेलाडीहरूले २५ मिटर, अन्डर–१० र अन्य उमेर समूहका खेलाडीहरूले ५०, १००, २०० र ४०० मिटर दूरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
जम्मा ५६ इभेन्ट समावेश गरिएको यो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता अघि नेपालगञ्ज स्वीमिङ क्लबले दुई दिने स्वीमिङ प्रशिक्षक तालिमसमेत सम्पन्न गरेको थियो।

टिप्पणी लेख्नुहोस्