लेख विवरण

नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकका रूपमा हरि खड्का नियुक्त भएका छन्।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा खड्कालाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरे।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका खड्का यसअघि नेपालको महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रहि सकेका छन्। हाल उनी एन्फामा टेक्निकल डाइरेक्टरका रूपमा कार्यरत छन्।

खड्काको नेतृत्वमा अब नेपाली टोलीले आसन्न फिफा विश्वकप–२०२६ एसियाली छनोटका तयारी खेलहरूका लागि प्रशिक्षण थाल्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.