लेख विवरण

क्यान सचिव पारस खड्काको स्पष्टिकरण: अनुमति बिना नाम र तस्वीर प्रयोग नगर्न आग्रह

क्यान सचिव पारस खड्काको स्पष्टिकरण: अनुमति बिना नाम र तस्वीर प्रयोग नगर्न आग्रह

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालहरूमा आफ्नो नाम, तस्वीर र चिन्हहरू बिना अनुमति प्रयोग गरिएको विषयमा ध्यानाकर्षण गराएका छन्।

पूर्व राष्ट्रिय कप्तान समेत रहेका खड्काले एक वक्तव्य जारी गर्दै भनेका छन्, “विभिन्न सामाजिक सञ्जालहरूमा मेरो अनुमति र जानकारी बिना विज्ञापन तथा अन्य प्रयोजनका लागि मेरो नाम, तस्वीर र मसँग सम्बन्धित चिन्हहरूको प्रयोग भइरहेको छ, जसमा मेरो कुनै संलग्नता छैन।”

उनले बारम्बार रिपोर्ट गरे पनि त्यस्ता क्रियाकलाप रोक्न नसकिएको भन्दै यसले आफ्नो मान–मर्यादामा क्षति पुर्‍याउने कार्य निन्दनीय भएको उल्लेख गरेका छन्।

खड्काले थप भनेका छन्, “कसैको मञ्जुरी बिना नाम, तस्वीर तथा चिन्हको प्रयोग कानुनले समेत निषेध गरेको छ। यस्ता भ्रामक सूचना नफैलाउन र त्यसको पछाडि नलाग्न म सबैमा हार्दिक अनुरोध गर्दछु।”

क्यान सचिव खड्काको यो वक्तव्य पछिल्लो समय सामाजिक सञ्जालमा उनको नाम र तस्वीर प्रयोग गरी विभिन्न विज्ञापन र प्रमोशन सामाग्रीहरू प्रसारित भइरहेको घटनापछि आएको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.