युएसएविरुद्ध नेपाल : नन्दन यादव १ रनमा आउट, नेपालको आठौँ विकेट गयो
दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको खेलमा नेपालले ४७.२ ओभरमा आठौँ विकेट गुमाएको छ।
नन्दन यादवलाई नेट्रावल्करले क्याच आउट गर्दै पभेलियन फर्काएका छन्। यादवले ६ बलमा १ रन बनाएका थिए, स्ट्राइक रेट १६.६६ रहेको थियो।
यससँगै नेपालको स्कोर २४४/८ पुगेको छ।

टिप्पणी लेख्नुहोस्