युएसएविरुद्ध नेपाल : करण केसी ४९ रनमा आउट, नेपालको नौौँ विकेट गयो
दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको खेलमा नेपालले ४८.६ ओभरमा आफ्नो नौौँ विकेट गुमाएको छ।
करण केसीलाई रञ्जानेले क्याच आउट गर्दै पभेलियन फर्काएका छन्। केसीले ३१ बलमा ४९ रन बनाएका थिए, जसमा २ चौका र ३ छक्का समावेश छन्। उनको स्ट्राइक रेट १५८.०६ रहेको थियो।
नेपालले हालसम्म २६७/९ रन बनाइसकेको छ। करण केसीको आक्रामक पारीले नेपाललाई अन्तिम ओभरसम्म प्रतिस्पर्धी स्थिति दिलाएको थियो।

टिप्पणी लेख्नुहोस्