आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिकाको स्थिर सुरुवात, पाँच ओभरमा २३ रन बिना विकेट
दुबई (युएई) — आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको खेलमा लक्ष्य पछ्याउँदै रहेको अमेरिकी टिमले सुरुवाती पाँच ओभरमा २३ रन बिना विकेटको क्षतिमा बनाएको छ।
नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याउँदै खेलको पाँचौं ओभरसम्म ओपनर स्मित पटेल ३ (९ बल) र शायन जाहांगीर १८ (२१ बल, ३ चौका) रनमा खेलिरहेका छन्।
हाल अमेरिकाको रनरेट ४.६० प्रति ओभर छ भने आवश्यक रनरेट ५.५३ रहेको छ।
नेपालका बलरमध्ये नन्दन यादवले ३ ओभरमा ११ रन दिएका छन् भने करण केसीले २ ओभरमा ११ रन खर्चिएका छन्।
अमेरिकाले स्थिर सुरुवात गरे पनि नेपालका बलरहरू निरन्तर दबाब बनाउने प्रयासमा छन्। खेल अझै रोमाञ्चक बनेको छ।

टिप्पणी लेख्नुहोस्