लेख विवरण

आईसीसी पुरुष विश्वकप लिग–२ : सन्दीप लामिछानेद्धारा शायन जहाङ्गीर बोल्ड, अमेरिकाको दोस्रो विकेट पतन

आईसीसी पुरुष विश्वकप लिग–२ : सन्दीप लामिछानेद्धारा शायन जहाङ्गीर बोल्ड, अमेरिकाको दोस्रो विकेट पतन

दुबई (संयुक्त अरब इमिरेट्स) — आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीच दुबईमा जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

सन्दीप लामिछानेले ११.५ औं ओभरमा शायन जहाङ्गीरलाई बोल्ड गर्दै अमेरिका दुई विकेटको अवस्थामा झार्न सफल भए।

जहाङ्गीरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ४२ बलमा ३६ रन बनाए, जसमा ५ चौका र १ छक्का समावेश थियो।

उनको आउटसँगै अमेरिकाको स्कोर ५३/२ पुगेको छ।

नेपालका बलरहरू गुलशन झा र सन्दीप लामिछानेले लगातार दबाब सिर्जना गर्दै अमेरिका विरुद्धको खेलमा बलिङ आक्रमण बलियो बनाएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.