लेख विवरण

क्यानले एसीसी यू–१९ प्रिमियर कपका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्‍यो

क्यानले एसीसी यू–१९ प्रिमियर कपका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्‍यो

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा नोभेम्बर १९ देखि ३० तारिखसम्म हुने एसीसी मेन्स यू–१९ प्रिमियर कप २०२५ का लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

क्यानले टोली घोषणा गर्दै आगामी प्रतियोगिताको तयारीका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ। चयन समितिको सिफारिसमा बनाइएको यो प्रारम्भिक सूचीबाट अन्तिम टोली केही दिनमै घोषणा गरिने बताइएको छ।

यू–१९ प्रिमियर कपमा सहभागी हुने टोलीहरूका लागि यो प्रतियोगिता एसीसी यू–१९ एसिया कप २०२५ को छनोट पनि हो।

नेपालले पछिल्ला वर्षहरूमा यू–१९ स्तरमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ र यसपटक पनि उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.