लेख विवरण

आईसीसी विश्वकप क्रिकेट लिग–२ : गुलशन झाद्वारा पहिलो सफलता, अमेरिकाको पहिलो विकेट पतन

आईसीसी विश्वकप क्रिकेट लिग–२ : गुलशन झाद्वारा पहिलो सफलता, अमेरिकाको पहिलो विकेट पतन

दुबई (युएई) — आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

१०.३ ओभरमा अमेरिकी ओपनर स्मित पटेललाई गुलशन झाले एलबिडब्ल्यू आउट गर्दै पभेलियन फर्काएका छन्। पटेलले २७ बलमा १६ रन बनाए, जसमा १ छक्का समावेश थियो।

यससँगै अमेरिकाको स्कोर ५३/१ पुगेको छ।
नेपालका बलरहरूका लागि यो पहिलो ब्रेकथ्रु भएको छ, जसले खेलमा नेपाललाई पुनः फिर्ता ल्याउने सम्भावना बढाएको छ।

शायन जाहांगीर भने क्रीजमा सेट छन् र आफ्नो इनिङलाई अघि बढाइरहेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.