जानिक सिनर पेरिस मास्टर्सको दोस्रो चरणमा प्रवेश
पेरिस, फ्रान्स – पुरुष टेनिसमा विश्वका दोस्रो नम्बरका खेलाडी जानिक सिनरले बेल्जियमका जिजू बर्ग्सलाई हराउँदै पेरिस मास्टर्स टेनिस प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएका छन्।
इटालीका दिग्गज सिनरले बुधबार भएको पहिलो चरणको खेलमा बर्ग्सलाई 6-4, 6-2 को सहज सेटमा हराएका हुन्।
सिनरको यो जित, पुरुष विश्व नम्बर एक कार्लोस अल्काराजलाई ग्रेट ब्रिटेनका क्यामेरन नोरी (नम्बर 31) विरुद्ध पराजित भएको अर्को दिन आएको हो। अल्काराजको हारले सिनरलाई पेरिसमा विजयी भएमा फेरि नम्बर वन स्थान हासिल गर्ने मौका दिएको छ।
खेलपछि सिनरले भने,
"यहाँको कोर्ट विशेष छ। सामान्यतया मलाई शुरूमा सधैं अलिक चुनौती हुन्छ, त्यसैले पहिलो खेल जितेर म धेरै खुश छु। आज मैले सर्विङ्गमा धेरै सटीकता देखाएँ। सीधे ब्रेकको साथ सुरु गरेँ, जसले मेरो आत्मविश्वास बढायो। म आजको प्रदर्शनबाट खुसी छु। हेर्छौँ भोलि के हुन्छ।"
प्रतियोगिताको दोस्रो चरणमा सिनरको सामना अर्जेन्टिनाका फ्रान्सिस्को सेरुंडोलोसँग आईतवार हुनेछ।

टिप्पणी लेख्नुहोस्