लेख विवरण

दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ : सगरमाथा क्लब ३१ पदकसहित शीर्ष स्थानमा

दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ : सगरमाथा क्लब ३१ पदकसहित शीर्ष स्थानमा

नेपालगन्ज, कात्तिक १५ – नेपालगन्जमा जारी दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ मा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित अग्रता लिएको छ।

प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार पहिलो दिनका २६ इभेन्टमध्ये सगरमाथा क्लबले १९ स्वर्ण, ६ रजत र ६ काँस्य पदक जितेर सबैभन्दा बढी सफलता हासिल गरेको हो। क्लबले जितेको स्वर्ण पदक प्रतियोगिताको कुल स्वर्णको ७३ प्रतिशत भएको जानकारी उनले दिएका छन्।

दोस्रो स्थानमा ललितपुरकै जेम्स स्कुल रहेको छ, जसले ५ स्वर्ण, १० रजत र २ काँस्य गरी कुल १७ पदक जितेको छ।

अन्य प्रमुख प्रदर्शनहरूमा:

  • नेपालगन्जको आदर्श माध्यमिक विद्यालय: १ स्वर्ण, ४ रजत, १ काँस्य (६ पदक)

  • ललितपुरको लिटिल एञ्जल्स स्कुल: १ स्वर्ण, २ रजत, ३ काँस्य (६ पदक)

  • बाँके कोहलपुरको शिखा एकेडेमी: ३ रजत, ५ काँस्य (८ पदक)

त्यस्तै, नेपालगन्जको स्प्रिङडेल स्कुल र काठमाडौंको युनिग्लोब स्कुलले समान दुई–दुई काँस्य जितेका छन्। अन्य टोलीहरूमा नेपालगन्ज स्वीमिङ क्लब बाँके, काठमाडौंको राई स्कुल र कोशी प्रदेशले पनि एक–एक काँस्य पदक जितेका छन्।

प्रमुख पौडी प्राविधिक खड्काका अनुसार दोस्रो दिनका खेलहरू बिहानैदेखि सुरु भइसकेका छन्, जसमा २५ मिटरदेखि ४०० मिटरसम्मका विभिन्न विधाका थप २६ इभेन्ट शनिबार सम्पन्न गरिनेछ। प्रतियोगितामा देशभरका १५० खेलाडीको सहभागिता रहेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.