एरिका गुरुङ सम्मानित, डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेपछि प्रशंसा
काठमाडौँ, कात्तिक १५ – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छन्।
क्यानाडामा बसोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले शनिबार एरिकालाई सम्मान गरेका हुन्।
हालै मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वान प्रतियोगितामा स्वर्ण पदक जितेपछि उनलाई हौसला स्वरुप ५० हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो। एरिका यो प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि हुन्।
सम्मान समारोहमा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहक लगायतको उपस्थिति थियो।
एरिकाले यस वर्ष नोभेम्बर अन्तिममा इजिप्टमा आयोजना हुने विश्व कराते च्याम्पियनसिपमा पनि नेपालको प्रतिनिधित्व गर्दै खेल्ने योजना बनाएकी छिन्। उनीसँगै सानुमाया थिङले एकल कातामा विश्व च्याम्पियनसिपमा सहभागिता जनाउनेछिन्।

टिप्पणी लेख्नुहोस्