लेख विवरण

मोनांक पटेल २१ रनमा आउट, नेपालले अर्को सफलता हात पार्‍यो

मोनांक पटेल २१ रनमा आउट, नेपालले अर्को सफलता हात पार्‍यो

काठमाडौंँ। आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत दुबईमा जारी खेलमा नेपालले अमेरिकाविरुद्ध अर्को विकेट लिएको छ।

अमेरिकी कप्तान मोनांक पटेललाई नेपाली बलर नन्दन यादवले २०.५ औं ओभरमा आउट गर्दै टोलीलाई तेस्रो सफलता दिलाएका हुन्। पटेलले २८ बलमा २ चौका सहित २१ रन बनाएर कुशल भुर्तेलका हातबाट क्याच भएका थिए।

उनको विकेटपछि अमेरिकाको पारी दबाबमा परेको छ र अहिले टोलीले नेपालविरुद्धको लक्ष्य पछ्याउन सावधानीपूर्वक ब्याटिङ गर्नुपर्ने स्थिति बनेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.