लेख विवरण

सिद्धार्थ बैङ्क नेपाल प्रिमियम लिग (एनपीएल) ट्रफी रुपन्देही ल्याइयो

सिद्धार्थ बैङ्क नेपाल प्रिमियम लिग (एनपीएल) ट्रफी रुपन्देही ल्याइयो

रुपन्देही, कात्तिक १५ – सिद्धार्थ बैङ्क नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी रुपन्देही ल्याइएको छ। ट्रफी टुर अन्तर्गत शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ट्रफी जिल्लामा प्रदर्शन गरिएको हो।

शुक्रबार काठमाडौँबाट बाकसमा ल्याइएको ट्रफीलाई बुद्ध एयरको जहाजमार्फत बिहान साढे ९ बजे भैरहवामा ल्याइएको थियो। विमानस्थलको आन्तरिक टर्मिनलमा ट्रफी ग्रहण गर्दै एनपीएल सदस्य टिम लुम्बिनी लायन्सका मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले ट्रफी ग्रहण गरे।

ट्रफीको स्वागतका लागि नेपाल प्रहरीको ब्यान्ड, लुम्बिनी लायन्सका सदस्य, क्रिकेट संघका पदाधिकारी, क्रिकेट प्रेमी र सर्वसाधारण विमानस्थल पुगेका थिए। स्वागतपछि ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी लगिएको थियो। लुम्बिनीमा सार्वजनिक प्रदर्शन पश्चात ट्रफी भैरहवास्थित सिद्धार्थ रङ्गशालामा स्वागत गरिएको थियो।

त्यसपछि ट्रफी बेलहिया नाका हुँदै तिलोत्तमा नगरपालिकामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा पुर्‍याइनेछ, जुन लुम्बिनी लायन्सको घरेलु मैदान हो।

दिनभर सञ्चालन गरिएको ट्रफी टुरमा वर्तमान र पूर्व खेलाडी, क्रिकेट प्रेमी, संघका पदाधिकारी र खेलकुद उत्साहीको व्यापक सहभागिता रहेको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.