लेख विवरण

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा टोलीले काठमाडौँ क्रिकेट एकेडेमी (केसीए) मा प्रशिक्षण थालेको हो ।

प्रशिक्षणको पहिलो दिन पाँच खेलाडी सहभागी भएका थिए । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ ।

मुख्य प्रशिक्षक जगत टमटाले दोस्रो सिजनका लागि टिम कम्बिनेसन राम्रो भएको र उपाधि जित्न आफूहरू विश्वस्त रहेको बताए । ‘यो सिजन उपाधि जित्ने कुरामा हामी विश्वस्त छौं । टिम झनै बलियो छ,’ टमटाले भने ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टिमः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, विनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन

मुख्य प्रशिक्षकः जगत टमटा

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.