लामिछानेको बलिङमा शुबम रन्जाने आउट, अमेरिका ६ विकेट गुमाएर २५६/६
दुबई, कात्तिक १५ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा नेपाल र अमेरिका बीच जारी खेलमा अमेरिकी ब्याट्सम्यान शुबम रन्जाने १९ रनमा आउट भएका छन्।
नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने ले निर्णायक बलिङ गर्दै उनलाई विकेटकीपर आसिफ शेख मार्फत स्टम्प आउट गराएका हुन्। रन्जानेले १२ बल खेलेर १ चौका र १ छक्का प्रहार गरेका थिए।
यस विकेटसँगै अमेरिका ६ विकेट गुमाएर २५६ रन बनाएको छ। खेलको यस निर्णायक अवस्थामा नेपालका बलरहरूले विपक्षी टिमलाई रोक्न रणनीति बलियो बनाइरहेका छन्।

टिप्पणी लेख्नुहोस्