लेख विवरण

एरिका गुरुङ र सनुमाया थिङ पहिलो पटक विश्व कराते च्याम्पियनसिपमा

एरिका गुरुङ र सनुमाया थिङ पहिलो पटक विश्व कराते च्याम्पियनसिपमा

काठमाडौं। नेपाली कराते खेलका लागि ऐतिहासिक उपलब्धि हासिल भएको छ। नेपाली कराते खेलाडी एरिका गुरुङ (Kumite) र सनुमाया थिङ (Kata) ले पहिलो पटक नेपालको तर्फबाट विश्व कराते महासंघ (WKF) द्वारा आयोजित विश्व कराते च्याम्पियनसिप, कायरो (Egypt) मा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।

२०१ देशका खेलाडीहरू सहभागी हुने यस प्रतिष्ठित प्रतियोगितामा प्रत्येक विधाबाट मात्र ३२ खेलाडी छनोट हुने व्यवस्था रहेको छ। यस्तो सीमित अवसरमा नेपालको प्रतिनिधित्व गर्दै यी दुई प्रतिभाशाली खेलाडीहरूको सहभागिता सम्पूर्ण देशकै गौरवको विषय बनेको छ।

यस प्रतियोगिताका लागि एरिका गुरुङ र सनुमाया थिङ सँगै प्रशिक्षकहरू कुशल श्रेष्ठ र माण्डे काजी श्रेष्ठ पनि सहभागी हुँदैछन्। नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै भने,“एरिका र सनुमाया मार्फत नेपाली करातेले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ इतिहास रच्न लागेको छ। यो केवल खेलाडीहरूको मात्र होइन, सम्पूर्ण नेपालको गौरव हो।”

महासंघले यस गौरवमय यात्रामा साथ र सहयोग प्रदान गरेकोमा राष्ट्रिय खेलकुद परिषद् प्रती हार्दिक आभार प्रकट गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.