आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल टस हारेर ब्याटिङ गर्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई सिरिजमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु भएको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ।
नेपालका लागि यो खेल अत्यन्तै महत्वपूर्ण रहेको छ, किनभने टोलीले यसअघि लगातार दुई खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले हार खेपेको थियो।
हालसम्मको अंक तालिकाअनुसार, अमेरिका २२ खेलमा ३२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। नेपालले १८ खेलमा १२ अंक हासिल गर्दै सातौँ स्थानमा रहेको छ भने युएई १८ खेलमा ८ अंकसहित अन्तिम स्थानमा छ।
नेपालले सिरिजको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्ने तालिका रहेको छ।

टिप्पणी लेख्नुहोस्