आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको कमजोर सुरुवात, असिफ शेख २ रनमै आउट
दुबई (युएई) । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज दुबईमा जारी नेपाल र अमेरिकाबीचको ८८औँ खेलमा नेपालले टस गुमाएर ब्याटिङ सुरु गरेको छ।
अमेरिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको थालनी गरेको थियो। तर, सुरुवातमै नेपालले पहिलो विकेट गुमाएको छ।
इन्निङ्सको १.२ ओभरमा असिफ शेखलाई अमेरिकी बलर केन्जिजे (Kenjige) ले बोल्ड गर्दै पभेलियन फर्काएका छन्। असिफले २ बलमा २ रन बनाए।
यससँगै नेपालले पहिलो विकेट गुमाउँदा २ रनमा १ विकेटको क्षति व्यहोरेको छ।

टिप्पणी लेख्नुहोस्