लेख विवरण

आईसीसी विश्वकप क्रिकेट लिग–२ : भिम शार्की ४३ रनमा आउट, नेपालको पारीमा अर्को झटका

आईसीसी विश्वकप क्रिकेट लिग–२ : भिम शार्की ४३ रनमा आउट, नेपालको पारीमा अर्को झटका

दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको ८८औँ खेलमा नेपालले अर्को विकेट गुमाएको छ।

२१.५ ओभरमा भिम शार्कीलाई हरमित सिंहले बोल्ड गर्दै पभेलियन फर्काएका छन्। शार्कीले ५८ बलमा ४ चौका प्रहार गर्दै ७४.१३ स्ट्राइक रेटमा उत्कृष्ट पारी खेलेका थिए।

यसअघि नेपालले असिफ शेख (२ रन) र कुशल भुर्तेल (४७ रन) गुमाइसकेको थियो। भिम शार्कीको विकेटसँगै नेपालको स्कोर १०१/३ (२१.५ ओवरमा) पुगेको छ।

नेपालले पारीलाई स्थिर राख्न अब रोहित पौडेल र ब्याट्सम्यानले साझेदारी बनाएर रन गति सुधार गर्नु पर्ने छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.