लेख विवरण

आईसीसी विश्वकप क्रिकेट लिग–२ : १५ ओभरमा नेपाल ७३/१, भिम शार्की र कुशल भुर्तेलको सशक्त साझेदारी

आईसीसी विश्वकप क्रिकेट लिग–२ : १५ ओभरमा नेपाल ७३/१, भिम शार्की र कुशल भुर्तेलको सशक्त साझेदारी

दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईस्थित आईसीसीए मैदानमा जारी नेपाल र अमेरिकाबीचको खेलमा नेपालले १५ ओभरमा ७३ रनमा १ विकेटको क्षति व्यहोरेको छ।

टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ थालेको थियो।
पहिलो विकेट असिफ शेख २ रनमा गुमाएपछि नेपालका दुई ब्याटरहरू कुशल भुर्तेल र भिम शार्कीले पारी सम्हालेका छन्।

१५ ओभरसम्म नेपालको रणरेट ४.८६ रहेको छ भने पछिल्ला ५ ओभरमा २३ रन बिना विकेटको क्षति जोडिएको छ।

पिचमा कुशल भुर्तेल ५२ बलमा ३७ रन (१ चौका, २ छक्का) सहित खेलिरहेका छन् भने भिम शार्की ३७ बलमा ३१ रन (३ चौका) बनाउँदै स्थिर इनिङ्स खेलिरहेका छन्।

दुवै बीचको साझेदारी ७१ बलमा ७१ रनको रहेको छ, जसले नेपाललाई स्थिर सुरुवात दिलाएको छ।

नेपालले अहिले ७३/१ (१५ ओभरमा) रन बनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.