आईसीसी विश्वकप क्रिकेट लिग–२ : कुशल भुर्तेल ४७ रनमा आउट, नेपालको दोस्रो विकेट पतन
दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको ८८औँ खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
हरमित सिंहको बलमा कुशल भुर्तेल ४७ रनमा क्याच आउट भएका छन्। उनले ६५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ७२.३ स्ट्राइक रेटमा उत्कृष्ट पारी खेलेका थिए।
भुर्तेललाई अमेरिकी कप्तान सौरभ नेत्रवलकरले क्याच गरेका हुन्।
नेपालले यसअघि असिफ शेखलाई सुरुवातमै २ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेल र भिम शार्कीले ७१ रनको साझेदारी गर्दै पारी स्थिर पारेका थिए।
यस विकेटसँगै नेपालले ८८/२ (१६ ओभरमा) रन बनाएको छ।

टिप्पणी लेख्नुहोस्