आईसीसी विश्वकप क्रिकेट लिग–२ : आरिफ शेख २ रनमा आउट, नेपाल १०६/४
दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको खेलमा नेपालले अर्को विकेट गुमाएको छ।
२४.१ ओभरमा आरिफ शेखलाई नेट्रावल्करले क्याच आउट गर्दै पभेलियन फर्काएका छन्। आरिफले ८ बलमा २ रन बनाएका थिए र स्ट्राइक रेट २५ रहेको थियो। क्याच अमेरिकी बलर केन्जिजेले लिए।
यससँगै नेपालको स्कोर १०६/४ (२४.१ ओवरमा) पुगेको छ।
नेपालले अब रोहित पौडेलको नेतृत्वमा पारी स्थिर गर्दै आगामी ओभरहरूमा साझेदारी बनाउनु पर्ने चुनौती छ।

टिप्पणी लेख्नुहोस्