लेख विवरण

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालको १०० रन पुरा

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालको १०० रन पुरा

दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईस्थित आईसीसीए मैदानमा जारी नेपाल र अमेरिकाबीचको ८८औँ खेलमा नेपालले २१.१ ओभरमा १००/२ रन बनाएको छ।

दोस्रो विकेट गुमाएपछि रोहित पौडेल पवेलियनबाट मैदान प्रवेश गरेका छन्। रोहितले अहिलेसम्म ७ बलमा ६ रन बनाउँदै स्ट्राइक रेट ८५.७१ कायम गरेका छन्। 

यसअघि नेपालले पहिलो विकेट असिफ शेख (२ रन) र दोस्रो विकेट कुशल भुर्तेल (४७ रन) गुमाएको थियो।

नेपालले पारीको मध्यभागमा राम्रो लय कायम गर्दै १०० रनमा २ विकेटको क्षति व्यहोरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.