लेख विवरण

दशौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न

दशौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न

काठमाडौं, कात्तिक १६ गते । नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा दशौैं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८२, शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा २०८२ कार्तिक १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष श्री रोजेन्द्र मानन्धरज्यूले गर्नुभएको थियो । नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा शान्ति निकुञ्ज माध्यामिक विद्यालयका प्रधान अध्यापक श्री राधेश्याम प्रधान, नेपाल एकायन कराते संघ काठमाडौं जिल्लाका सल्लाहकार एवं समाजसेवी आनन्दबहादुर शाही, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार शंकर महर्जन, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार विरकृष्ण श्रेष्ठ, नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाका सल्लाहकार बालकृष्ण महर्जन, गणेशामन सिंह खेलकुद एकेडेमीका अध्यक्ष अनिरुद्र प्रधान, लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नं ८ का अध्यक्ष सुवोधप्रसाद प्रधान, एल.आर. आई. स्कूलका शिक्षक दिपक पनेरु, कराते प्रशिक्षक प्रकाश खतिवडा समेतको उपस्थिति रहेको थियो । प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १ सय ३७ खेलाडीहरुको सहभागिता रहेको थियो ।

महिलातर्फ ५ तथा पुरुषतर्फ ७ गरी जम्मा १२ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए ।

उपरोक्त तालिका अनुसार महिलातर्फ ३५ के.जी मुनि तौल समूहमा अनुष्का राईले स्वर्ण, रजिसा पुन मगरले कास्य र साहाना तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ४० के.जी. मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अञ्जु राईले द्वितीय र सवित्रा परियारले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा साहाना भुजेलले स्वर्ण पदक, सभ्यता नेपालीले कास्य पदक र सम्बृद्धि शाहीले रजत पदक प्राप्त गर्न सफल भईन् । त्यसैगरी ५० के.जी. मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कास्य पदक र आयुषा परियारले रजत पदक प्राप्त गर्न सफल भईन् भने खुल्ला तौल समूहतर्फ कृपा खड्का र खुशी तामाङ्गले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अस्मिता तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।

प्रतियोगिताको पुरुषतर्फ २५ के.जी. मुनि तौल समूहमा सुवास शाही प्रथम, समिक घिमिरे द्वितीय र कृषल के.सी. तृतिय भएका थिए । ३० के.जी. मुनि तौल समूहमा लविन कार्की प्रथम, सनिस थारु द्वितीय र हेमन्त जैसी तृतिय स्थान हासिल गर्न सफल भएका थिए, भने ३५ के.जी. मुनि तौल समूहमा नरेश रावत प्रथम, नेनिश वि.सी. द्वितीय र राजकुमार बम तृतिय भएका थिए । ४० के.जी. मुनि तौल समूहमा प्रविन श्रेष्ठले प्रथम, सुजन दनुवारले द्वितीय र सुजन थापा महरले तृतिय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सिरीश थापा प्रथम, आयुष थारु द्वितीय र सायन भुजेल तृतिय भएका थिए भने ५० के.जी. मुनि तौल समूहमा सुजन तामाङ्गले स्वर्ण, विवेक तामाङ्गले कास्य र गणेश विष्टले रजत पदक हासिल गरे । प्रतियोगिताको खुल्ला तौल समूहमा सुवास नेपाली तथा प्रविण आले मगर क्रमशः प्रथम र द्वितिय तथा विराज मगर तृतिय भई क्रमशः स्वर्ण, कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीलगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, राजेश श्रेष्ठ, प्रकाश खतिवडा, श्रीराम राना, मनोज राजबाहक, निर्जला श्रेष्ठ र आशिष घिमिरे रहेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.