नेपाली राष्ट्रिय फुटबल टोलीको ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा
काठमाडौँ, कात्तिक १६ – बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले आइतबार टोलीको नाम सार्वजनिक गर्नुभएको हो। नेपालले नोभेम्बर १३ मा बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत भिड्ने तालिका तय छ।
टोलीको बन्द प्रशिक्षण बिहिबारदेखि काठमाडौँमा सुरु हुने एन्फाले जनाएको छ।
प्रशिक्षणका लागि बोलाइएका प्रारम्भिक खेलाडीहरूमा:
किरणकुमार लिम्बु, दीप कार्की, विशाल सुनार, टिकेन्द्र थापा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिस श्रेष्ठ, विमल पाण्डे, अविशेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, श्रृजनराज गौतम, सञ्जिव लामा, शंकर थारु, दीपेश धिमाल, एरिक विष्ट, मणिकुमार लामा, कउतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दीपेश गुरुङ, जिलेस्पीजगं कार्की, अन्जन विष्ट, आयुष घलान, दीनेश हेन्जन, सुवास वम, समीर तामाङ, आदित्य शाक्य, जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठ रहेका छन्।

टिप्पणी लेख्नुहोस्