लेख विवरण

पथरी–११ सेमिफाइनलमा, मिक्चल दासको गोल निर्णायक

पथरी–११ सेमिफाइनलमा, मिक्चल दासको गोल निर्णायक

उर्लाबारी, कात्तिक १६ – पथरी–११ फुटबल क्लबले पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ। ललितपुरको व्रिगेड ब्वाइज क्लबसँगको कडा भिडन्तमा पथरी–११ ले १–० को नतिजा निकाल्यो।

खेलको ४६औं मिनेटमा, मिक्चल दासले सौर्य राउतको पास सदुपयोग गर्दै निर्णायक गोल गरे। त्यसपछि व्रिगेड ब्वाइजले गोल गर्न केही राम्रा अवसर बनाए पनि गोलरक्षक समीर क्षेत्रीको उत्कृष्ट बचाउले पथरीलाई विजयी बनायो।

आजको खेलको उत्कृष्ट प्रदर्शन गर्दै मिक्चल दासलाई म्यान अफ द म्याच घोषित गरी ट्रफी र नगद पुरस्कार प्रदान गरियो।

सेमिफाइनल चरणमा पथरी–११ अब सोमबार पाँचथर क्लब र गत वर्षको उपविजेता सङ्कटा फुटबल क्लबबीचको विजेतासँग भिड्ने छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.