लेख विवरण

नेपाली फुटबल र खेलाडीको अवस्था सम्बन्धमा प्रतिवेदन पेश

नेपाली फुटबल र खेलाडीको अवस्था सम्बन्धमा प्रतिवेदन पेश

काठमाडौं: नेपाल फुटबल प्लेयर एसोसिएसनले नेपाली फुटबल र खेलाडीको वर्तमान अवस्था, विद्यमान समस्या तथा सम्भावित समाधानका विषयमा माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासमक्ष विस्तृत प्रतिवेदन पेश गरेको छ।

सो अवसरमा एसोसिएसनले फुटबलको दीर्घकालीन विकासका लागि आवश्यक योजना, नीति र निरन्तरताको खाँचोबारे पनि जानकारीमूलक प्रस्तुति गरेका थिए।

मन्त्री ज्यूबाट प्राप्त सकारात्मक आश्वासन, प्रतिबद्धता र कार्ययोजना शीघ्र कार्यान्वयन हुने विश्वास एसोसिएसनले व्यक्त गरेको छ।

नेपाल फुटबल र खेलाडीहरूको दीर्घकालीन विकासका लागि यो कदम महत्वपूर्ण रहेको जनाइएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.