हक्कीका प्रशिक्षक थापाको बिदाइ
काठमाडौं, कात्तिक १७ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले हक्कीका प्रशिक्षक रञ्जना थापालाई सोमबार बिदाइ गरेको छ । ५८ वर्षे उमेर हदका कारण कात्तिक १ गते अनिवार्य अवकाश पाएका थापालाई बिदाइ गरिएको हो ।
हक्कीका पूर्व मुख्य प्रशिक्षक थापा कर्मचारी संघका पूर्व अध्यक्ष हुन् । कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारी, महासचिव कुमार बस्नेतलगायतले थापालाई एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्