झापामा सुरु भयो प्रथम महिला गोल्डकप, नेपाल पुलिस क्लब ८–० को फराकिलो जितसँगै सेमिफाइनलमा प्रवेश
झापा। मोसफलमै सबैभन्दा ठूलो पुरस्कार राशीसहित आयोजना हुने प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता झापाको शिवसताक्षी नगरपालिकास्थित दूधे रंगशालामा भव्य रुपमा सुरु भएको हो।
पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाईज युनाइटेड फुटबल क्लबलाई ८–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलमा नेपाल पुलिस क्लबकी स्ट्राइकर मिना देउवाले पाँच गोल गर्दै वुमेन अफ दि म्याचको सम्मान पाएकी छन्।
प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार, भोलि हुने खेलमा नेपाल एपीएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता आयोजकले विजेताले नगद पुरस्कार र ट्रफीसहित सम्मान प्राप्त गर्ने बताएको छ, जसले महिला फुटबललाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

टिप्पणी लेख्नुहोस्