एनएसपिएल सुरु: जनकपुर, विराटनगर र पोखराले पहिलो दिनमा जित हात पार्दै रोमाञ्चक शुरुवात
काठमाडौँ, कात्तिक १८ गते – नेपालकै ठुलो नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) टेनिस बल क्रिकेट प्रतियोगिता तल्लो मुलपानी मैदानमा हिजोदेखि सुरु भएको छ।
डे–नाइट प्रारूपमा सम्पन्न पहिलो दिनको खेलमा दर्शकहरूले रोमाञ्चक क्षणहरूको मजा लिए। पहिलो खेलमा जनकपुरले काठमाडौँ किङ्सलाई ३७ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ।
त्यसपछि भएको खेलमा विराटनगर रोयल्सले लुम्बिनी राइडर्सलाई १३ रनले हराउँदै दोस्रो जित दर्ज गर्यो।
दिनको अन्तिम खेलमा पोखरा फाल्क्न्स र कर्णाली हाइल्यान्डर्सबीच कडा प्रतिस्पर्धा भयो, जहाँ पोखरा फाल्क्न्सले केवल तीन रनको अन्तरले जीत हात पारे।
प्रतियोगिताको आयोजकका अनुसार, प्रतियोगितामा प्रतिभावान खेलाडीहरू सहभागी रहेका छन् र आगामी हप्ताहरूमा अझ धेरै रोमाञ्चक खेलहरू हुनेछन्। दर्शकहरूका लागि सुरक्षासहित मनोरञ्जनका साथै खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ।

टिप्पणी लेख्नुहोस्