लेख विवरण

साइपालको विजयी सुरुआत

साइपालको विजयी सुरुआत

काठमाडौँ, कात्तिक १९ गते। साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साइपालले जेभियर इन्टरनेसनल कलेजलाई ८०–१८ को फराकिलोअन्तरले पराजित ग¥यो । चारै क्वाटरमा अग्रता लिएको साइपालले क्रमशः १८–१०, २४–४, १९–४ र १९–० को प्रदर्शन ग¥यो । साइपालकी दिभा महर्जनले ३३ अंक जोडिन् ।

अर्को खेलमा ग्रान्डी स्टार्सले जित निकाल्यो । ग्रान्डीले ट्रेनिङ ग्राउन्डलाई ४२–३९ को साँघुरोअन्तरले हरायो । ग्रान्डीले पहिलो क्वाटरमा ६–१५, दोश्रोमा १६–११, तेश्रोमा १०–६ र चौथोमा १०–७ स्कोर ग¥यो । ग्रान्डीकी रिन्चेन मोक्तानले १० स्कोर गरिन् ।

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको यु–१६ मा स्वर्णिमले बौद्ध इन्टरनेसनल स्कुललाई २२–४ ले पाखा लगायो । स्वर्णिमकी हिसी ल्हामुले १० अंक बटुलिन् ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । खुला र यु–१६ मा समान ४–४ टिम सहभागी छन् । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.