दुबईमा नेपालको खराब सुरुवात, कुशल भुर्तेल २ रनमै आउट
दुबई, कात्तिक १९ – आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत युएई र नेपालबीच दुबईमा जारी खेलमा नेपालले ब्याटिङ थालेको छ।
टस जितेर युएईले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरेको हो। तर सुरुवातमै नेपालले पहिलो विकेट गुमाएको छ।
१.५ ओभरमा ओपनर कुशल भुर्तेल २ रन (९ बल)मा आउट भएका छन्। उनलाई जाहिद अलीको बलमा विकेटकिपर शर्माले क्याच आउट गरे।
नेपालले सुरुवातमै झट्का लागेको छ र अब भिम सार्की र आसिफ शेखले पारी सम्हाल्ने प्रयास गरिरहेका छन्।

टिप्पणी लेख्नुहोस्