लेख विवरण

ग्रान्डी स्टारको जित

ग्रान्डी स्टारको जित

काठमाडौं, कात्तिक २० गते ।
ग्रान्डी स्टारले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । ग्रान्डीले साइपाललाई ८७–२० ले पराजित ग¥यो । विजयी टिमका लागि डोमा तामाङले १६ अंक जोडिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा ट्रेनिङ ग्राउन्डले जेभियर इन्टरनेसनललाई १११–१६ को विशालअन्तरले हरायो । विजेताकी गरिशा सिलवालले ३० स्कोर गरिन् ।

यु–१६ गल्र्समा भ्याली पब्लिकले सफलता पायो । भ्याली पब्लिकले रिब्समाथि ४०–१९ को जित दर्ता ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले १६ अंक जोडिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.