काठमाडौँ ।
श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यू–१९ महिला च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० सेटको सोझो अन्तरले पराजित गर्यो । नेपालले पहिलो सेट २५–७, दोस्रो सेट २५–१० र तेस्रो सेट २५–११ ले जित्दै आफ्नो प्रभावशाली प्रदर्शन कायम राख्यो ।
यस जितसँगै नेपालले तीन खेलबाट ७ अंक जोडेको छ । लिगको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग २–३ ले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक श्रीलङ्कालाई ३–१ ले हराउँदै शानदार पुनरागमन गरेको थियो ।
चार टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड–रोबिन प्रणालीमा खेलाइँदैछ । लिग चरणको अङ्क तालिकाका आधारमा शीर्ष स्थानमा रहेका टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालको यो प्रदर्शनले टोलीलाई सेमिफाइनल प्रवेशको बलियो दाबेदार बनाएको छ । प्रशिक्षक मञ्जु गुरुङको नेतृत्वमा रहेको नेपाली टोलीले अब उपाधि जित्ने लक्ष्यसहित अगाडि बढ्ने तयारी गरेको छ ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्