काठमाडौँ, कात्तिक २० गते । आगामी दुई टेस्ट खेलहरूको लागि भारतीय टोली घोषणा गरिएको छ। टोलीको कप्तानी शुभमन गिलले गर्नेछन् भने ऋषभ पन्त उपकप्तान र विकेटकीपरको भूमिका निभाउने छन्।
पन्त विगतमा इन्जुरीका कारण वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजबाट बाहिर थिए। उनी इंग्ल्यान्डको म्यानचेस्टरमा खेलेको सिरिजको चौथो टेस्टमा घाइते भएका थिए। तर अहिले पन्त पूर्ण रूपमा फिट भइसकेका छन् र फर्म पनि कायम गरेका छन्।
वर्तमानमा पन्त दक्षिण अफ्रिका ए टोलीविरुद्ध जारी चार दिवसीय टेस्ट सिरिजमा कप्तानको रूपमा खेल्दै आएका थिए। पहिलो टेस्टको दोस्रो पारीमा उनले ९० रन बनाएर भारत ए को जीत सुनिश्चित गरेका थिए। यस प्रदर्शनपछि उनको भारतीय टेस्ट टोलीमा पुन: समावेशीकरण तय भएको हो। पन्तसँगै ध्रुव जुरेल पनि टोलीमा रहेका छन्।
तेज बलर आकाश दीप पनि टोलीमा फर्केका छन्। उनी वेस्ट इन्डिज भ्रमणका लागि छनोटमा परेका थिएनन्। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै उनले टोलीमा पुनः स्थान बनाएका हुन्।
त्यसैगरी, देवदत्त पडिक्कल, साई सुदर्शन, वाशिंगटन सुंदर, नितीश कुमार रेड्डीले पनि आफ्नो स्थान सुरक्षित गरेका छन्।
भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट १४ नोभेम्बरबाट कोलकातामा खेलिनेछ भने दोश्रो टेस्ट २२ नोभेम्बरबाट गुवाहाटीमा हुने छ।
शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान, विकेटकीपर), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल, ध्रुव जुरेल, रवीन्द्र जडेजा, वाशिंगटन सुंदर, जसप्रीत बुमराह, अक्षर पटेल, नितीश कुमार रेड्डी, मोहम्मद सिराज, कुलदीप यादव, आकाश दीप
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्