भ्याली पब्लिकको सानदार सुरुआत
काठमाडौं, कात्तिक २१ गते ।
भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सानदार सुरुआत गरेको छ । भ्याली पब्लिकको गल्र्स टिमले ३ खेलमा जित हात पा¥यो ।
गल्र्समा भ्याली पब्लिकले काठमाडौं युरोलाई २६–१४, चेल्सीलाई ३६–२३ र एसएमडीलाई ३१–२० ले पराजित ग¥यो । विजेता भ्याली पब्लिकका लागि क्रमशः सेलिनाले ६, लोरिशा गौचनले १५ र एनिला गौचनले १३ अंक जोडे । ब्वाइजमा भने मंगलदीपले भ्याली पब्लिकलाई ३८–३५ ले हरायो । विजेताका अजेश नेपालीले १३ स्कोर गरे ।
ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्समा निम्सले टीआईए ‘ए’ लाई २८–१३ तथा काष्ठमण्डपले ज्ञानोदयलाई १३–११ ले पन्छाए । निम्सकी निलम कोइरालाले १९ तथा काष्ठमाण्डपकी रिहान्सी केसीले ४ अंक जोडे ।
प्रतियोगिताको बूढानीलकण्ठ वडा ७ का अध्यक्ष बसनारायाण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । ‘शिक्षा र खेलकुदसंगै’ भन्ने नारासहित आयोजित प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्