लेख विवरण

एन्फा प्रेसिडेन्ट लिग : देउराली यूथ क्लबको शानदार जित, जन जागृति ३–१ ले पराजित

एन्फा प्रेसिडेन्ट लिग : देउराली यूथ क्लबको शानदार जित, जन जागृति ३–१ ले पराजित

काठमाडौँ, कात्तिक २१ गते । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा देउराली यूथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जन जागृति क्लबमाथि ३–१ को जित हात पारेको छ ।

खेलको सुरुवातमै जन जागृतिका शम्भु थारुले पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यो खुशी लामो समय टिकेन । देउरालीका मिलन लिम्बुले लगातार दुई गोल गर्दै टोलीलाई खेलमा फिर्ता ल्याए भने अन्तिमतिर उज्ज्वल राईले थप गोल गर्दै जित सुनिश्चित गरे । प्रभावशाली प्रदर्शनका लागि देउरालीका विशाल तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यसअघि भएको अर्को खेलमा चित्लाङ स्पोर्ट्स क्लब र विजय स्पोर्ट्स क्लबबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको थियो । विजयका लागि अरुण थापा र चित्लाङका लागि विजय खड्काले गोल गरेका थिए ।

हेटौडामा मङ्सिर २ गतेसम्म जारी लिगमा देशभरका १० टोली सहभागी छन् । प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेलहरू हुने आयोजकले जानकारी दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.