लेख विवरण

ग्रान्ड ओपन टेनिस : दर्शिल च्याम्पियन

ग्रान्ड ओपन टेनिस : दर्शिल च्याम्पियन

काठमाडौं, कात्तिक २१ गते ।
दर्शिल श्रेष्ठले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि शुक्रबार जितेका छन् ।

नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा दर्शिलले असभसम्राट हाडालाई ३–६, ६–० र ६–३ को सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–९ सिंगल्सको ब्वाइजमा कायान चालिसे र गल्र्समा निम्ति कुँवरले स्वर्ण जिते । कायानले सर्वज्ञजंग खत्रीलाई ४–१ र ४–२ तथा निम्तिले अमिरा गुप्तालाई ४–१ र ५–४ ले फाइनलमा हराए ।

दोहोरो स्वर्ण जित्ने क्रममा यु–१० ब्वाइज सिंगल्समा पनि कायान पहिलो भए । उनले फाइनलमा सोनाम घलेलाई ६–२ र ६–४ ले पाखा लगाए । यु–१२ गल्र्स सिंगल्सको फाइनलमा सरा पन्तले नाइरा घलेलाई ६–१ र ६–२ ले पन्छ्याउदै शीर्ष स्थान हात पारिन् ।

यु–१६ गल्र्स सिंगल्समा स्वस्तिका विष्टले बाजी मारिन् । स्वस्तिाकाले फाइनलमा शिभाली गुरुङलाई ६–४ र ७–६ ले पराजित गरिन् । दुवै महिला सिंगल्सको फाइनलमा पनि शनिबार भिड्दै छन् ।

पुरुष सिंगल्स उपाधिका लागि प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा प्रदीपले राजवीर प्रधानलाई ६–३ र ६–३ तथा प्रणवले निसान श्रेष्ठलाई ७–५ र ६–२ ले पराजित गरे ।

यु–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले आरित मल्ललाई ७–६ र ६–३ तथा विश्वविशेष डल्लाकोटीले सभ्यजंग कार्कीलाई ६–१, ४–६ र ६–३ ले हराउदै फाइनलमा पुगे ।
यु–१४ ब्वाइज सिंगल्समा साङगे रोकायाले आरित मल्ललाई ६–२ र ६–३ तथा वेदान्त चालिसेले युभेनमान श्रेष्ठलाई ६–० र ६–४ ले पराजित गरी फाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा इरा खत्रीले स्वराह थापालाई ५–७, ६–४ र ६–४ तथा सरा पन्तले आयुशा जिसीलाई ७–६ र ६–३ ले हराउदै फाइनल भेट पक्का गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.