लेख विवरण

टर्कीमा म्याच फिक्सिङ काण्डः १७ रेफ्रीसहित क्लब अध्यक्ष पक्राउ

टर्कीमा म्याच फिक्सिङ काण्डः १७ रेफ्रीसहित क्लब अध्यक्ष पक्राउ

इस्तानबुल, कात्तिक २१ गते । टर्कीमा फुटबल खेलमा सट्टेबाजी, म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको आरोपमा प्रहरीले ठूलो अभियान चलाउँदै १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसमेत रहेका छन् ।

इस्तानबुल अभियोजकको कार्यालयका अनुसार कुल २१ जनाविरुद्ध पक्राउ पुर्जि जारी गरिएको थियो, जसमा १८ जनालाई नियन्त्रणमा लिइसकिएको हो । अनुसन्धान म्याच फिक्सिङ र पदको दुरुपयोगको आरोपमा केन्द्रित रहेको बताइएको छ ।

यसअघि टर्की फुटबल महासङ्घको अनुशासन परिषद्ले म्याचमा सट्टेबाजी गरेको आशंकामा १४९ जना रेफ्रीलाई निलम्बन गरेको थियो । गत महिनाको विस्तृत अनुसन्धानले ५७१ रेफ्रीमध्ये १५२ जनामा म्याच फिक्सिङमा संलग्न हुनसक्ने संकेत फेला परेको थियो, जसमा पहिलो डिभिजनका २२ रेफ्री पनि परेका थिए ।

पक्राउ परेकाहरूले संयुक्त बयानमार्फत आरोपहरू “अपमानजनक र निराधार” भएको बताउँदै आफूहरूले कहिल्यै खेलको निष्पक्षता भङ्ग नगरेको दाबी गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.