लेख विवरण

सिराहाको सलहेश फुटबल क्लबलाई दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधि

सिराहाको सलहेश फुटबल क्लबलाई दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधि

उर्लाबारी, कात्तिक २३ गते।
सिराहाको सलहेश फुटबल क्लबले पथरीशनिश्चरेमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ।

घरेलु टोली पथरी–११ फुटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा २–१ गोलले पराजित गर्दै सलहेश क्लबले यो वर्षको गोल्डकप उपाधि जित्न सफल भएको हो।

उपाधिसँगै सलहेश क्लबले पाँच लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजक पथरी–११ फुटबल क्लबले दुई लाख ५० हजार रुपैयाँ सहित ट्रफीमा सीमित रह्यो।

खेलको पहिलो हाफमै घरेलु टोली पथरी–११ ले अग्रता बनाएको थियो। खेलको १८औं मिनेटमा सलहेशका डिफेन्डर कारिम ओमेलाजाको फल्डबाट पाएको पेनाल्टीलाई धिरेन क्षेत्रीले गोलमा परिणत गर्दै टिमलाई १–० को अग्रता दिलाए।

तर दोस्रो हाफमा सलहेशले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५६औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई जय गुरुङले सहज रूपमा गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ६९औं मिनेटमा समीर तामाङले निर्णायक गोल गर्दै सलहेशलाई २–१ को जित दिलाए।

पुरस्कार तथा उपाधि वितरण:

  • म्यान अफ द म्याच: जय गुरुङ (सलहेश)

  • उत्कृष्ट गोलरक्षक: रेम्बो चौधरी (सलहेश)

  • बेस्ट डिफेन्डर: प्रवेश दनुवार (सलहेश)

  • बेस्ट मिडफिल्डर: सञ्जय लिम्बू (पथरी–११)

  • बेस्ट कोच: राजीव यादव (सलहेश)

  • राइजिङ प्लेयर: समीर क्षेत्री (पथरी–११)

  • सर्वाधिक गोलकर्ता: रिचार्ड विल्सन (सलहेश)

  • उत्कृष्ट खेलाडी: युकेश तामाङ — नगद १५ हजार रुपैयाँ सहित सम्मानित

अन्य विजेताहरूलाई जनही १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.