लेख विवरण

दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २६ देखि

दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २६ देखि

काठमाडौं । द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ  ।

च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ ।

च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको संयोजक मनोज वैश्यले जानकारी दिए ।

प्रतियोगितामा सहभागी स्कुललाई विभिन्न पाँच समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार–चार टोली छन् ।

लिग कम नकआउटका आधारमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ । लिग चरणको खेलपछि पाँच समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ र सुपर फाईभ राउण्डमा खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का फुटबल प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्ने छिन् । उद्घाटन समारोहपछि खेल सुरु हुनेछ ।

संयोजक वैश्यले यो प्रतिस्पर्धा मात्र नभएर स्कुलहरुबीच मैत्रिभाव स्थापना गर्ने र युवाहरुको उर्जा र टिमवर्कलाई सेलेब्रेट गर्ने माध्यम भएको बताए ।

प्रतियोगिताको पावर्ड बाईमा आरजेएम मोटर्स रहेको छ भने अस्मिता पब्लिकेसन, एसिया पब्लिकेसन एण्ड विष्णु देवी कपी उद्योग सह–प्रायोजकको रुपमा छन् । यस्तै आरजे स्पोट्र्स, रिड एण्ड रिटर्न, सुभेक्षा इन्टरनेसनल हस्पिटलको पनि साथ रहनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.