लेख विवरण

एलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लब च्याम्पियन, मिनादेउवा उत्कृष्ट खेलाडी घोषित

एलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लब च्याम्पियन, मिनादेउवा उत्कृष्ट खेलाडी घोषित

भद्रपुर, झापा – शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो।

खेलको २२ औँ मिनेटमा पुलिसकी मिना देउवाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्। रेखाको प्रयास डिफेन्डरबाट फर्किएको बल मिना देउवाले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलकिपरलाई कुनै मौका नदिई जालीमा पठाएकी थिइन्। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो।

उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता एपिएफ क्लबले ५ लाख रुपैयाँ हात पार्‍यो।

फाइनलपछि भएको पुरस्कार वितरण कार्यक्रममा पुलिसकी मिना देउवा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि दुवै हात पारिन्। उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै टप स्कोरर बनिन्। मिना देउवाले उत्कृष्ट खेलाडीको रूपमा १ लाख ५० हजार रुपैयाँ र टप स्कोररको रूपमा २५ हजार रुपैयाँ प्राप्त गरिन्।

त्यसैगरी, फाइनलको प्लेयर अफ द म्याच पुलिसकी पूजा राना घोषित भइन्।

अन्य उत्कृष्ट विजेताहरूमा:

  • उत्कृष्ट गोलकिपर: उषा नाथ (पुलिस)

  • उत्कृष्ट डिफेन्डर: मनमाया दमाई (एपिएफ)

  • उत्कृष्ट मिडफिल्डर: रेनुका नगरकोटी (एपिएफ)

  • उत्कृष्ट फरवार्ड: अनिता बस्नेत (एपिएफ)

  • उत्कृष्ट प्रशिक्षक: भोला सिलवाल (पुलिस)

  • उदयमान खेलाडी: जेनिफर राना मगर (आर्मी)

सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

विजेता र उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष खोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ खोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी र अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले पुरस्कार वितरण गरे।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.