काठमाडौँ – भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आज भारत प्रस्थान गरेको छ।
यही कात्तिक २५ गतेदेखि सुरु हुने उक्त विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङ्ल्यान्डका टोलीहरू सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी हुन अघि नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय महासचिव सुगम भट्टराईलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो।
नेपालले पहिलो खेल कात्तिक २६ गते श्रीलङ्काविरुद्ध खेल्नेछ। नेपाल दृष्टिविहीन क्रिकेटमा महिला विश्वकपको यो पहिलो सहभागिता हो, जसले देशको महिला दृष्टिविहीन खेलकुद विकासमा ऐतिहासिक पृष्ठभूमि सिर्जना गर्ने अपेक्षा गरिएको छ।
टिप्पणी लेख्नुहोस्