लेख विवरण

लालिगुँरास एन्फा राष्ट्रिय लिगमा छनोट, चित्लाङ एफसीमाथि ३–० को शानदार जित

लालिगुँरास एन्फा राष्ट्रिय लिगमा छनोट, चित्लाङ एफसीमाथि ३–० को शानदार जित

लक्ष्छु थापा, आशिष गुरुङ र सुलेमान थापामगरका गोलमा लालिगुँरासको प्रभावशाली प्रदर्शन

काठमाडौँ, कात्तिक २६ गते । लालिगुँरास एसोसिएसन क्लबले एन्फा राष्ट्रिय लिगमा स्थान बनाएको छ। हेटौडास्थित गौरिटार रङ्गशालामा जारी छनोट प्रतियोगितामा समूह ‘ए’ अन्तर्गतको खेलमा लालिगुँरासले चित्लाङ एफसीलाई ३–० गोलले पराजित गर्दै एक खेल बाँकी रहँदै राष्ट्रिय लिगमा प्रवेश गरेको हो।

लालिगुँरासका लागि लक्ष्छु थापा, आशिष गुरुङ र सुलेमान थापामगरले गोल गरेका थिए। खेलभरि आक्रामक प्रदर्शन गरेको लालिगुँरासले जितसँगै समूहमा अपराजित यात्रालाई निरन्तरता दिएको छ।

यसअघि समूह ‘बी’ बाट काँक्रेबिहार क्लब राष्ट्रिय लिगमा छनोट भइसकेको छ।

छनोट प्रतियोगितामा कुल १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिन चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा पुगेका टोलीहरू आगामी एन्फा राष्ट्रिय लिगका लागि छनोट हुनेछन्।

मुख्य अंशहरू:

  • लालिगुँरास क्लब समूह ‘ए’ बाट राष्ट्रिय लिगमा प्रवेश

  • चित्लाङ एफसीमाथि ३–० को जित

  • गोलकर्ता: लक्ष्छु थापा, आशिष गुरुङ, सुलेमान थापामगर

  • काँक्रेबिहार क्लब पहिले नै समूह ‘बी’ बाट छनोट

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.