लेख विवरण

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ ।

काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् रोयल्सका सीईओ प्रकाश खड्काले प्लाइउड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाइ नम्बर एक संस्था भएको बताउँदै रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे ।

यस्तै, प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्ने र सदा सूर्य प्लाइको साथ रहने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टमटा

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.