लेख विवरण

ओएसिस् कप बास्केटबल भोलिदेखि

ओएसिस् कप बास्केटबल भोलिदेखि

काठमाडौं, कात्तिक २७ गते ।
ओएसिस् इङलिस स्कुलको आयोजनामा तेश्रो ओएसिस् कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा २९ टिमको सहभागिता रहने ओएसिस्का कार्यकारी निर्देशक मिनकुमार लिम्बूले जनाएका छन् । सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइतर्फ ९ ब्वाइज टिमको सहभागिता रहने छ ।

एसइइतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार नगदबाट पुरस्कृत पार्ने छन् ।
लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित आयोजककै कोर्टमा खेलाइने  छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.