लेख विवरण

पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि

पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि

काठमाडौं । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।

दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो ।

सीतापाइलास्थित गुरुकुलम स्कुलमै सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० ले हरायो ।

त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बने । मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पायो ।

दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोलीको सहभागिता थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गरिन् । उनले सहभागी टिमदेखि विजयी टिम खेलाडीलाई बधाई दिँदै विद्यार्थीका लागि खेलकुदको महत्वबारे धारणा राखेकी थिइन् ।

प्रतियोगिताका संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागी टोलीदेखि प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

गुरुकुलम स्कुलले विद्यार्थीहरुका लागि पढाई मात्र नभएर फुटसल लगायत अन्य विभिन्न खेलकुद गतिविधिमा पनि सक्रिए गराउँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.