लेख विवरण

महिला इन्टर हब टी–२० क्रिकेटमा मोरङ विजेता, फाइनलमा सिराहामाथि सात विकेटको शानदार जित

महिला इन्टर हब टी–२० क्रिकेटमा मोरङ विजेता, फाइनलमा सिराहामाथि सात विकेटको शानदार जित

भारदह (सप्तरी), कात्तिक २७ गते। सप्तरी क्रिकेट सङ्घको समन्वय तथा सबल नेपालद्वारा राजविराजमा आयोजित जिल्लास्तरिय महिला इन्टर हब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ।

राजविराजस्थित पवित्र मावि खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मोरङले सिराहालाई सात विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सिराहाले १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४६ रनको योगफल तयार पारेको थियो। सिराहाका लागि अनुराधा चौधरीले २६ रनको योगदान दिइन् भने अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन असफल भए।

मोरङका बलर श्रृजना राजवंशीले ३ विकेट लिँदै बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरिन्। नीरु राजवंशीले २ विकेट हात पारिन् भने सुबेक्क्षा लिम्बू, बन्दना राजवंशी र पूर्णिमा राजवंशीले एक–एक विकेट लिएका थिए।

जवाफमा ४८ रनको लक्ष्य पछ्याएको मोरङले आठ ओभरमै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित दर्ता गर्‍यो।

मोरङका लागि प्रिन्सा रानामगरले नटआउट १५, खुशी राजवंशीले ११ र टिका साहले १० रन बनाएका थिए। बलिङमा सिराहाकी सरस्वती चौधरीले २ विकेट र मीना महतोले १ विकेट लिन सफल भए।

उत्कृष्ट प्रदर्शनका आधारमा श्रृजना राजवंशीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.