लेख विवरण

पुष्पसदन सेमिफाइनलमा

पुष्पसदन सेमिफाइनलमा

काठमाडौं, कात्तिक २८ गते ।
आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले मेगसलाई ४२–३९ ले पराजित ग¥यो । पुष्पसदनका सुशान्त सोजु श्रेष्ठले ११ अंक जोडे ।

सिनियर ब्वाइजमै रेडियन्ट पब्लिक र निःसर्ग वाटिका पनि सेमिफाइनलमा पुगे । रेडियन्टले ज्ञानोदयलाई ३६–१२ ले हरायो । रेडियन्टका विधान कार्कीले ७ स्कोर गरे । निःसर्गले मंगललाई ४८–४१ ले पाखा लगायो ।

राराहिल र भ्याली भ्यूबीच हुने खेलको नतिजाले सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । उक्त खेल शनिबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.